प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा सक्रिय, स्वास्थ्यलाभको कामना गर्नेहरूलाई दिए ट्विटरबाट धन्यवाद
काठमाडौं : केही दिनअघि एपेन्डिसाइटिस शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय भएका छन्। आफ्नाे आधिकारिक ट्विटर ह्याण्डलबाट बिहीबार उनले स्वास्थ्यलाभको कामना गर्नेहरूलाई धन्यवाद दिएका हुन्।
उनी मंगलबार एपेन्डिसाइटिस शल्यक्रिया गराएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा थप उपचारकाे क्रममा छन्।
हेर्नुहाेस् उनकाे ट्वीट–
बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) November 28, 2019





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित