Health TV Online
Health TV Online
Health TV Online

अहिले यस्ताे छ, प्रधानमन्त्रीकाे स्वास्थ्य

अहिले यस्ताे छ, प्रधानमन्त्रीकाे स्वास्थ्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रममिक सुधार भइरहेको छ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएकाे हाे।

उनी अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। बुधबार कालो चिया र जुस खाएका उनलाई चिकित्सकहरूले बिहीबार बिहान जाउलो खुवाउने बताएका छन्। उनकाे स्वास्थ्यमा सुधार भइरहेकाे तर खतरामुक्त भने अझै भइनसकेकाे जनाइएकाे छ।

यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस पनि गरिएको छ। एक महिनामा उनकाे याे पाँचाैँ  डायलासिस हाे। यसअघि आइतबार डायलासिस गरिएकाे थियाे।

सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली चिकित्सककाे सल्लाहमा मंगलबार बिहानै अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’ भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार