Health TV Online
Health TV Online
Health TV Online

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई ‘बाल पोषण पोको’

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई  ‘बाल पोषण पोको’

संखुवासभा : खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिकाभित्रका आमाले बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट नगद तीन हजार रुपैयाँ पाउनेछन्। आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम ल्याएको हो।

बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरिद गर्न सहयोग पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा ल्याएको नगरप्रमुखप्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए। यो कार्यक्रमले बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको संख्या बढ्ने अपेक्षा रहेको खतिवडाले बताए।

आमा र बच्चा दुवै सुरक्षित भएर सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवाको पनि नगरपालिकाले व्यवस्था गरेको छ । खाँदबारी नगरपालिका भित्रका गर्भवती आमालाई जहाँबाट भए पनि बर्थिङ सेन्टरसम्म जान जुनसुकै एम्बुलेन्स प्रयोग गर्न सक्नेगरी नगरपालिकाले कार्यक्रम ल्याएको हो ।

खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य तीन बर्थिङ सेन्टर छन्। नगरभित्र जिल्ला अस्पताल बाहेक नगरपालिकाको तीन वडा तुम्लिङटार, सेकाहा र सित्तलपार्टीमा तालीम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा प्रदान गर्दै आएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार