प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियाे
काठमाडौं : स्वास्थ्य अवस्थामा सुधार देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट निकालिएको छ।
प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेकाले बुधबार बिहान भेन्टिलेटरबाट निकालिएको जानकारी चिकित्सकले दिएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकले बताएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा आइतबार चौथोपटक डायलासिस गरिएको थियाे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित