प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, चिकित्सकहरूको निगरानीमा
काठमाडौं : एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर छ।
मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरूको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि उनले बताए।
प्रधानमन्त्री ओली अहिले सघन उपचार कक्षमा चिकित्सकहरूको निगरानीमा छन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण