बलात्कार प्रयासको आरोप लागेका चिकित्सक मेडिसिटीबाट निलम्बित
काठमाडौं : बिरामीमाथि बलात्कार प्रयासको आरोप लागेका डा. रोहितकुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ।
आरोपित डाक्टरका विषयमा गुनासो आएपछि आइतबार नै डा. झालाई निलम्बन गरेको अस्पतालले दाबी गरेको छ। आइतबार नै उनलाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। डा.झाले दुई महिना अघिबाट मात्र अस्पतालमा काम शुरु गरेका थिए।
उपचारका लागि आएकी एक युवतीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले सोमबार उनलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उपचारका लागि आइतबार अस्पताल गएकी ती युवतीले आफूमाथि डा. झाले बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले झालाई पक्राउ गरेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण