गर्भवतीलाई निःशुल्क क्याल्सियम
रूपन्देही : तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ। गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।
गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ।
नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन्। शिशुको हाड तथा मानसिक विकासका लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन्। आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकुन् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए।
‘कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौँ, आवश्यक प्रक्रियापछि सबै गर्भवतीले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम पाउनुहुनेछ’, नगरप्रमुख घिमिरेले भने।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित