Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पुन: अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सोमबार राति पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको बताइएको छ। बिहान अस्पतालमा परीक्षणका क्रममा चिकित्सकको सल्लाहमा उनी भर्ना भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।मिर्गौलाका बिरामी प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्याबारे अस्पतालले केही खुलाएको छैन।

प्रधानमन्त्री ओलीले यसअघि ग्राण्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार