निजी मेडिकलका सञ्चालक भन्छन्, व्यावहारिक पक्ष हेरेर मान्छौँ सरकारको निर्देशन
काठमाडौं : अतिरिक्त शुल्क लिएका मेडिकल कलेज शुल्क समायोजन गर्न लचिलो बनेका छन्। सरकारले दिएको १५ दिन ‘अल्टिमेटम’ सकिने अघिल्लो दिन सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न लचिलो बनेका हुन्।
मेडिकल कलेज सञ्चालकहरूले आन्तरिक छलफल गरी मंगलबार लिखित प्रतिबद्धता जनाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज सञ्चालकहरूलाई मन्त्रालयमा बोलाएका थिए।
छलफलपछि नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडियाले सरकारले निर्धारण गरेको शुल्कको व्यावहारिक पक्ष हेरेर सरकारको निर्देशन मान्न तयार रहेको प्रतिक्रिया दिए।
बैठकमा मेडिकल कलेज सञ्चालकहरूले मंगलबारसम्मको समय मागेकाले निर्णय हुन सकेन। विद्यार्थीको रकम फिर्ता गर्न सरकारले दिएको समयसीमा सोमबार सकिएको छ। सरकारले मंगलबारसम्म रकम फिर्ता प्रक्रिया अघि नबढाए मेडिकल कलेजहरूलाई ठगी मुद्दा लगाउने बताइसकेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित