Health TV Online
Health TV Online
Health TV Online

एन्टिबायोटिकको दुरुपयोग बढेकाेमा चिकित्सक चिन्तित

एन्टिबायोटिकको दुरुपयोग बढेकाेमा चिकित्सक चिन्तित

काठमाडाैं : सरोकारवालाहरूले नेपालमा पनि एन्टिबायोटिकको दुरुपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।

विश्व प्रतिजैविक (एन्टिबायोटिक) सचेतना सप्ताहको अन्तिम दिन आइतबार स्वास्थय तालिम केन्द्रमा आयोजित कार्यक्रमका वक्ताहरूले एन्टिबायोटिकको विकासले मानिसको मृत्युदरमा कमी आए पनि यसको दुरुपयोग बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय स्वास्थ शिक्षा सूचना निदेशक कुञ्जप्रसाद जोशीका अनुसार एन्टिबायोटिकको दुरुपयोगका कारण मानिस मात्र नभई अन्य जीवजन्तु पनि संकटमा परेको बताए। अन्य वस्तुजस्तै सहजै खरिदबिक्री गर्न नमिल्नेगरी एन्टिबायोटिक्ससम्बन्धी कडा कानुन ल्याउनुपर्ने उनको भनाइ छ।

त्यसैगरी केन्द्रीय भेटरिनरी प्रयोगशालाका अधिकृत डा. तुलसीराम गोम्फोले सर्वसाधारणमा एन्टिबायोटिक प्रयोगको गुण र दुर्गुणबारे चेतना दिन ढिलो भइसकेको धारणा राखे। पशु चिकित्सक डा. बलराम थापाले एन्टीबायोटिकको सही प्रयोगमा जोड दिए।

कार्यक्रममा शुक्रराज ट्रपिकल अस्पतालका अध्यक्ष डा. बासुदेव पाण्डेले एन्टिबायोटिकको दुरुपयोग रोक्न सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार