दमक अस्पतालमा नयाँ संरचना
झापा : दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा शुरु भएको छ। अस्पतालकाे काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरंग सेवा नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो।
प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त २६ लाख रुपैयाँको लागतमा ती संरचना निर्माण गरिएका अस्पतालले जनाएको छ। अस्पताल परिसरमा आइतबार झापा क्षेत्र नं. ५ (ख) का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवन उद्घाटन गरे।
अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रूपमा भौतिक पूर्वाधारको विकास भइरहेको बताए। हाल अस्पतालमा दैनिक ३०० देखि ५०० बिरामीले सेवा लिने गरेको उनले जानकारी दिए।
अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रक्रिया पनि शुरु भएको नगरपालिकाले जनाएको छ। अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले २७ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको नगरपालिकाका सब इन्जिनियर कमल दाहालले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित