निःशुल्क हाडजोर्नी शिविरमा ७५ जनाको शल्यक्रिया
सल्यान : जिल्ला अस्पतालमा पाँच दिनसम्म सञ्चालन भएको निःशुल्क हाडजोर्नी शिविरमा ७५ जनाको शल्यक्रिया गरिएको छ। शिविरमा ५३ जनाको मेजर अप्रेसन र २२ जनाको माइनर अप्रेसन गरिएको हो।
शिविरमा २७८ जनाको जाँच गरिएको थियाे। हातखुट्टा भाँच्चिएर बांगो भएका, उपचार गर्न मिल्ने अपांगता, रड हाल्नुपर्ने तथा निकाल्नु पर्ने बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको विशेषज्ञ डा. श्यामेन्द्र सिहंले जानकारी दिए।
द माउन्टेन मोबाइल हस्पिटल र सोलुखुम्बु पोलिटेक्निकल एकेडमीका मुख्य सर्जन बेल्जियमका डा. पियर सुट, हाडजोर्नी विशेषज्ञ डा. मिङ्मार शेर्पा, डा. श्यामेन्द्र सिंहलगायत १० जनाको टोलीले बिरामीकाे उपचार गरेको थियो। शिविरमा सल्यान, छिमेकी जिल्ला रोल्पा, रुकुम, दाङ र जाजरकोटबाट समेत बिरामीहरू आएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण