महेन्द्रनारायण निधि अस्पतालमा रक्तदान
काठमाडौं : बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको आयोजनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। संघका अध्यक्ष ओम थापामगरले सामाजिक कार्यमा पनि सक्रिय हुन रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए।
कार्यक्रममा १०० भन्दाबढी व्यक्तिले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण