Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजका विद्यार्थीले भने, कलेज प्रशासनले नै पेस्तोल राखेको हो

चितवन मेडिकल कलेजका विद्यार्थीले भने, कलेज प्रशासनले नै पेस्तोल राखेको हो

काठमाडौं : चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले कलेजले नै पेस्तोल राखेको दावी गरेका छन्।
प्रशासनले विद्यार्थीविरुद्ध षड्यन्त्र गरिरहेको पनि उनीहरुले बताए। कलेजको होस्टलबाट दिउसो प्रहरीले पेस्तोल पक्राउ गरेपछि विद्यार्थीहरुले उक्त पेस्तोल कलेजले नै राखेको दाबी गरेका हुन्।

कलेजको होस्टलबाट प्रहरीले एउटा पेस्तोल र केही थान गोेली बरामद गरेको थियो। उक्त घटना लगत्तै विद्यार्थीहरुले संयुक्त हस्ताक्षर गर्दै कलेज प्रशासनले नै हतियार ल्याएको दाबी गरेका हुन्। उनीहरुले यस विषयलाई लिएर विज्ञप्ति जारी गरेका छन्।  उनीहरुले ‘ विज्ञप्ति मार्फत कलेज प्रशासनका सबैलाई गिरफ्तार गर्न पनि माग गरेका छन्।’

विद्यार्थीले प्रहरीसमक्ष निवेदन समेत दिएका छन्। होस्टलका सुरक्षा गार्डले पेस्तोल हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए। सुरक्षा गार्डको जानकारीपछि होस्टलमा पुगेको प्रहरी टोलीले पेस्तोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

मेडिकल कलेजका विद्यार्थीहरु दुई महिनादेखि शुल्क विषयलाई लिएर अन्दोलनरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार