Health TV Online
Health TV Online
Health TV Online

बझाङमा किशोरी अवस्थामै गर्भवती हुनेको स‌ंख्या अत्यधिक, नगरपालिकामै २२८ जना

बझाङमा किशोरी अवस्थामै गर्भवती हुनेको स‌ंख्या अत्यधिक, नगरपालिकामै २२८ जना

बझाङ : जिल्लामा किशोरी अवस्थामै गर्भवती हुनेको स‌ंख्या बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका अधिकृत डिल्लीरमण जोशीले गर्भ जाँच गराउनेमा अधिकांश किशोरी रहेको जानकारी दिए।

सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा २२८ जना र सबैभन्दा कम साइपाल गाउँपालिकामा पाँच किशोरी गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

यस्तै वित्थडचिरमा गाउँपालिका ६३, तल्कोट गाउँपालिकामा २७, मष्टा गाउँपालीका ६, खप्तड छान्ना गाउँपालिकामा ५०, दुर्गाथली गाउँपालिकामा ५१, थलारा गाउँपालिकामा ३२, सुर्मा गाउँपालिकामा ६१ र बुङ्गल गाउँपालिकामा १६२ किशोरी गर्भवती छन्।

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा.सन्दीप ओखेडाले सानै उमेरमा गर्भवती हुनुमा बालविवाह, आर्थिक, धार्मिक, सांस्कृतिक कारण रहेको जानकारी दिए। जिल्लामा बालविवाह धेरै भए पनि न्यूनीकरणका लागि कुनै निकायबाट पहल नभएको उनको भनाइ थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार