Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकालको पहिलो निर्णय : कर्णाली प्रदेश अस्पतालमा सर्जन पठाउने

स्वास्थ्यमन्त्री ढकालको पहिलो निर्णय : कर्णाली प्रदेश अस्पतालमा सर्जन पठाउने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज पदभार सम्हाल्दै सुर्खेतकाे कर्णाली प्रदेश अस्पतालमा सर्जन पठाउने निर्णयमा हस्ताक्षर गरेका छन्।

मन्त्री ढकालले अघिल्लो निर्णय आफूले बुझिने खाले नभएको भन्दै हस्ताक्षर नगरी दोस्रो फाइल ल्याउन निर्देशन दिएका थिए । सोही बमोजिम स्वास्थ्य सचिव खगराज बरालले  फाइल तयार पारेपछि  सुर्खेतमा रहेको प्रादेशिक अस्पतालमा संघबाट सर्जन गणेश थापालाई पठाउने निर्णयमा उनले  हस्ताक्षर गरे।

पदभार सम्हाल्दै मन्त्री ढकालले आफ्ना लागि स्वास्थ्य मन्त्रालय नयाँ भएकाले बुझेर मात्र कामको प्राथमिकता तय गर्ने बताए । उनले भने, ‘स्वास्थ्य प्रत्यक्ष जनतासँग जोडिएको संवेदनशल मन्त्रालय हो त्यसैले यसमा शुरुमा मैले कुही बुझ्नैपर्छ । सो बुझछु र त्यही अनुसार अघि बढ्छु । अहिले नै यो गर्छु भन्न सक्दिन् ।

उनले स्वास्थ्य सचिव लगायत महाशाखा र शाखा प्रमुखहरुलाई छलफलका लागि बिहान ८ बजे नै कार्यालय आउन पनि निर्देशन दिएका छन्। १० बजेपछि सेवाग्राही आउँछन उनीहरुको सेवामा लाग्नपर्छ त्यसैले सो भन्दा अघि नै हामी बसेर छलफल गर्नुपर्यो उनले भने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार