स्वास्थ्यमन्त्री ढकालद्वारा पदभार ग्रहण
काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन्।
शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएसँगै मन्त्रालय पुगी ढकालले पदभार ग्रहण गरेका हुन्। साथै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पनि पदभार ग्रहण गरेका छन्।
पदबहाली गर्दै मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा निष्ठा र इमान डगमगिन नदिने बताए। उनले मन्त्रालयमा भएका समस्या छलफल गरेर नै समाधान गर्ने प्रतिबद्धता जनाए ।
यसअघि कानुनमन्त्री रहेका ढकाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बुधबार साँझ स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी दिएका थिए।स्वास्थ्यमन्त्री रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ।
तस्विर– मन्त्री ढकालकाे फेसबुक
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल