डडेल्धुरामा भेटिए मलेरियाका बिरामी
डडेल्धुरा : जिल्लाको भित्री मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिकाका ६ र ७ नम्बर वडाका स्थानीयवासीको रगत परीक्षण गर्दा मलेरिया भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्यचौकीका प्रमुख जयबहादुर धामीले बताए।
करिब दुई साता अघि सो स्वास्थ्यचौकी आएकाबिरामीमा मलेरियाका लक्षण देखा परेको उनले बताए। दुई सातादेखि फैलिएको मलेरियाको सङ्क्रमणबाट हालसम्म १० जना बिरामी सङ्क्रमित भई निःशुल्क औषधि सेवन गरिरहेका छन्।
दुई साताअघि पहिलो पटक वडा नं.६ को रामपुर गाउँका एकजना स्थानीयवासी संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यसबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमासमेत खबर गरिसकेको स्वास्थ्यचौकी प्रमुख धामीले जानकारी दिए।
पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी गरिरहेका छन्। साथै हाल स्थानीयवासीलाई जनचेतनाका सन्देश दिइरहेको पनि स्वास्थ्य प्रमुख धामीले बताए।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स