डडेल्धुरामा भेटिए मलेरियाका बिरामी
डडेल्धुरा : जिल्लाको भित्री मधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिकाका ६ र ७ नम्बर वडाका स्थानीयवासीको रगत परीक्षण गर्दा मलेरिया भेटिएको पुष्टि भएको साँदनी स्वास्थ्यचौकीका प्रमुख जयबहादुर धामीले बताए।
करिब दुई साता अघि सो स्वास्थ्यचौकी आएकाबिरामीमा मलेरियाका लक्षण देखा परेको उनले बताए। दुई सातादेखि फैलिएको मलेरियाको सङ्क्रमणबाट हालसम्म १० जना बिरामी सङ्क्रमित भई निःशुल्क औषधि सेवन गरिरहेका छन्।
दुई साताअघि पहिलो पटक वडा नं.६ को रामपुर गाउँका एकजना स्थानीयवासी संक्रमित भएका थिए। मलेरिया रोगको प्रकोप वडा तहमा दिनानुदिन बढ्दै गएकाले यसबारे जोगबुडा अस्पताल र जिल्लास्थित स्वास्थ्य कार्यालयमासमेत खबर गरिसकेको स्वास्थ्यचौकी प्रमुख धामीले जानकारी दिए।
पछिल्लो समयमा स्वास्थ्यकर्मीको टोलीले संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठूलागडालगायतका क्षेत्रमा खोजी गरिरहेका छन्। साथै हाल स्थानीयवासीलाई जनचेतनाका सन्देश दिइरहेको पनि स्वास्थ्य प्रमुख धामीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण