जंगली मौरीले चिल्दा एककाे मृत्यु, पाँचजना बिरामी
सर्लाही : जंगली मौरीले चिल्दा मलङ्गवा–७, मुसैलीमा १ बालककोे मृत्यु भएको छ। पाँचजना अस्पताल भर्ना भएका छन्।
मुसैलीस्थित बाँसघारीमा रहेको मौरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
मौरीको चिलाइका कारण ३५ वर्षीया चिन्तादेवी राय, छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देववती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन्। बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको जानकारी दिइएको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने