मिर्गौलापीडित मनिषालाई छ लाख ३४ हजार सहयोग
कास्की : दुवै मिर्गौला काम नलाग्ने भई उपचार गराइरहेकी २४ वर्षीया मनिषा गुरुङलाई सञ्जीवनी दिदी–बहिनी केन्द्रले रकम सहयोग गरेको छ।
गुरुङको आर्थिक अवस्था कमजोर रहेकाले मिर्गौला प्रत्यारोपणका लागि सहयोग पुर्याउने उद्देश्यले केन्द्रले बुधबार सो रकम पीडितलाई प्रदान गरिएको हो । हङकङ निवासी केन्द्रका संस्थापक सदस्य कमला गुरुङको सक्रियतामा हङकङमा सङ्कलित सो रकम केन्द्रकी अध्यक्ष बिना गुरुङले ‘मनिषा बचाऊ’ अभियान सहयोग समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गरे।
अभियानका संयोजक गुरुङले मिर्गौला प्रत्यारोपणका लागि २० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएको जानकारी दिएको भनाइ रहेको बताए। पीडित गुरुङले हाल हप्ताको दुईपटक डायलासिस गर्दै आएका छन्। यसअघि सहयोग समितिले दीपावलीको अवसरमा देउसीभैलोमार्फत उपचारका लागि आठ लाख रूपैयाँ संकललन गरेको थियो।
मिर्गाैलाराेगी मनिषा कास्कीको मादी गाउँपालिका–७ थाक घर भई हाल पोखरा महानगरपालिका–१३ लामोडहरमा बस्दै आएकी छिन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल