स्वास्थ्यमन्त्री बने भानुभक्त ढकाल, उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भानुभक्त ढकाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
यादवलाई कानून मन्त्रालय लगिएको छ। प्रधानमन्त्री ओली केही समययता मन्त्री यादवसँग रुष्ट थिए। उनले अरू केही मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका छन्।
मन्त्री यादव भने यतिबेला स्वास्थ्य मन्त्रालयलाई प्रतिनिधित्व गर्दै भारत गएका छन्। यसैगरी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाइ नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने