स्वास्थ्यमन्त्री बने भानुभक्त ढकाल, उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भानुभक्त ढकाल आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
यादवलाई कानून मन्त्रालय लगिएको छ। प्रधानमन्त्री ओली केही समययता मन्त्री यादवसँग रुष्ट थिए। उनले अरू केही मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका छन्।
मन्त्री यादव भने यतिबेला स्वास्थ्य मन्त्रालयलाई प्रतिनिधित्व गर्दै भारत गएका छन्। यसैगरी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाइ नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित