सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई स्पार्क अस्पतालमा छुट
काठमाडौं : कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बिहिबार सम्झौतापत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरे। यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका सम्पूर्ण ग्राहकले उपचार खर्चमा आकर्षक छुट सुविधा पाउने छन्।
अस्पतालका प्रबन्ध निर्देशक रिजालले भने,हामीले उहाँहरूलाई अस्पतालमा पाइने सेवामा विशेष छुट प्रदान गर्नेछौँ त्यसका लागि कार्ड अनिवार्य लिएर आउनुपर्नेछ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने