पाँचखालमा ‘मोतियाविन्दुमुक्त नगर’ अभियान
काभ्रे : पाँचखाल नगरपालिकामा मोतियाविन्दुमुक्त नगर अभियान थालिएको छ। अभियानअन्तर्गत हालसम्म १२४ वृद्धवृद्धाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ।
वडास्तरमा वृद्धवृद्धाको सामान्य स्वास्थ्य परीक्षणबाट मोतियाविन्दु देखिएकाको स्थानीय तथा काठमाडौँस्थित अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए। ‘१२४ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भइसकेको छ’, उनले भने, ‘यसलाई निरन्तरता दिइरहेका छौँ।’ उनका अनुसार नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेषगरी वृद्धवृद्धा तथा महिलालाई विशेष प्राथमिकता दिएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाबाट छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टोली खटाई गर्भवती तथा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गराई प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत केन्द्रीय सरकारबाट प्राप्त हुनेमा नगरले थप गरी १०० थरिका औषधि निःशुल्क वितरण गर्दै आइएको खरेलले जानकारी दिए।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने