आठ वर्षमा भवन बन्याे, सञ्चालनमा आएन अस्पताल
झापा : गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु भएको छैन।
करिब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न भएको थियो। भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन ।
सुरक्षा व्यवस्थाको अभावका कारण अस्पतालको सेवा सञ्चालन हुन नसकेको सञ्चालक समितिका अध्यक्ष रहेका वडा नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारीले जानकारी दिए।
‘को भवन त बनेको छ, तर जनशक्ति अभावका कारण अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनाैँ’, उनले भने। एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामग्रीमा उपयोगविहीन अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन्।
अस्पताल निर्माणका लागि स्थानीय श्याम चौधरीले सात बिघा जग्गा प्रदान गरेका थिए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै