मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश ३ का सबै जिल्लामा
हेटौँडा : मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ। कार्यक्रममा प्रदेश ३ का सर्वसाधारणको पहुँच विस्तार गरिने भएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएकाे थियाे। याे आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।
गत आवमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम बनाएर काम गर्न लागिएको दुलालको भनाइ छ।
यो कार्यक्रम पहिलो वर्ष नमूना कार्यक्रमका रूपमा परीक्षणस्वरुप प्रदेशका पाँच अस्पतालबाट शुरु गरिएको भए पनि चालू आवमा भने प्रदेश मातहतका आठ अस्पताल र स्थानीय तहका वा संघीय सरकारले सञ्चालन गरेका अस्पतालमा शुरु गर्न लागिएको हो ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै