एन्टिबायोटिक अवेयरनेस सप्ताह शुरू
काठमाडौं : विश्व ‘एन्टिबायोटिक अवेयरनेस’ सप्ताह (डब्ल्यूएएडब्ल्यू) शुरु भएको छ। अलायन्स अगेन्स्ट एएमआर आईएमओले सोमबार त्रिवि शिक्षण अस्पताल अगाडि मैनबत्ती बालेर सप्ताह प्रारम्भ गरेको हो।
त्रिवि शिक्षण अस्पतालका विभिन्न संकायमा अध्ययनरत विद्यार्थी सम्मिलित यो संस्थाले हप्ताभरि एन्टिबायोटिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने डा.सतीश कुमार देवले जानकारी दिए।
प्रत्येक वर्षको नोभेम्बर १८ देखि २४ सम्म एन्टिबायोटिक अवेयरनेस सप्ताह मनाइन्छ। एन्टिबायोटिक प्रतिरोधको बारेमा विश्वव्यापी चेतना बढाउने, एन्टिबायोटिक प्रतिरोधको थप उदय र फैलावटबाट बच्न आम मानिस, स्वास्थ्यकर्मीहरू र नीति निर्माताहरूमा राम्रो अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले संसारभर याे सप्ताह मनाउने गरिएकाे हाे।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने