मरेकाे कुखुरा खाँदा एककाे मृत्यु, नाैजना बिरामी
बैतडी : मरेको कुखुराको मासु खाँदा पुर्चौंडी नगरपालिका–२ जरसौंकी एक किशोरीको मृत्यु भएको छ भने नौजना बिरामी भएका छन्। १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो।
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए। मरेको कुखुराको मासु खाएका पुष्पासहित एकै परिवारका नौजना बिरामी भएका थिए। उनीहरू आइतबारदेखि बिरामी परेकाे छिमेकीहरूले जानकारी दिए। मंगलर घरमै पुष्पाको मृत्यु भएको हो।
मासु खाएपछि बान्ता हुने, झाडापाखला लाग्नेजस्ता लक्षण देखिएकाे थियाे। बिरामीहरूलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको बताइएको छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा