निदान अस्पतालको निशुल्क स्वास्थ्य शिविर
ललितपुर : पुल्चोकस्थित निदान अस्पतालले एक दिने निशुल्क शिविर गरेको छ । विश्व मधुमेह दिवसको सन्दर्भ पारेर अस्पतालले साताव्यापी कार्यक्रम अन्तर्गत मिर्गौला जाँच शिविर गरेको हो ।
मधुमेह भएका बिरामीमा मिर्गौला बिग्रने सम्भावना बढी हुने हुँदा मिर्गौलाको जाँचका लागि निशुल्क शिविर गरेको अस्पतालले जनाएको छ ।
नेपाल डाइबेटिक सोसाइटीसँगको सहकार्यमा अस्पतालले ओमबहालमा गरेको शिविरमा २०० जना बढी सर्वसाधारणले मिर्गौलाको जाँच गराएका थिए ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने