जुनियर डाक्टरलाई महासचिवमा ल्याउने सहमति गरेको भन्दै अन्य आकांक्षीले जनाए आपत्ति
काठमाडौं : नेपाल चिकित्सक संघको महासचिव पदका लागि प्रजातान्त्रिक समूहबाट डा बद्री रिजाललाई उठाउने भएपछि अन्य आकांक्षीले विरोध जनाएका छन्। आफूभन्दा जुनियरलाई माथिल्लो पोष्टमा ल्याएको भन्दै उनीहरुले स्वतन्त्र उम्मेदवारका रुपमा उठ्ने सम्म चेतावनी दिएका छन्।
महासचिवका आकांक्षी डा अनिल विक्रम कार्कीले आफूहरुलाई नसोधी मनोमानी ढंगले उम्मेदवार छनौट गरेको आरोप लगाए । उनले भने, ‘म भन्दा जुनियरलाई म कसरी महासचिव मानेर काम गर्छु । यस्तो पनि हुन्छ ? यदि यो नै निर्णय गरिएको हो भने म स्वतन्त्र महासचिवमा उठ्छु ।’ उनले आफू लगायत अन्य महासचिवका आंकाक्षी पनि यो निर्णयमा खुशी नभएको बताए ।
महासचिवका अर्का आकांक्षी डा प्रकाश बुढाथोकीले पनि आफूभन्दा जुनियरलाई महासचिवमा उठाउने हो भने चिकित्सक संघको चुनावमै सरिक नहुने बताए । उनले आफूलाई एकपटक पनि कसैले नसोधेको समेत जिकीर गरे । यसैगरी डा शिवजी पाैडेलले पनि याे निणर्य सहमतिबाट नआएको बताए ।उनले संस्थाले कम्तीमा सबै आकांक्षीको राय लिनु पर्दथ्यो त्यो पनि नगरेको आरोप लगाए ।
प्रजातान्त्रिक समूहको बैठकले महासचिवका आकांक्षी रहेका ५ जनामध्ये आज डा रिजाललाई उठाउने सहमति गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा डा शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा अनिलविक्रम कार्की, महासचिवमा डा बद्री रिजाल, सहसचिवमा डा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सहमति भएकाे बताइएकाे छ ।
यद्यपी यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा