‘मेडिकल कलेजले विद्यार्थीसँग ठगेको पैसा फिर्ता गर्नैपर्छ’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा फिर्ता गर्नुपर्ने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी भएको भन्दै ठगी गर्नेलाई कारवाही गर्ने बताए। मेडिकल कलेज सञ्चालकहरूले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिने पनि बताए ।
नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरूले विद्यार्थीबाट करोडौँ ठगी गरेको भन्दै उनले सरकारले त्यो फिर्ता गराउन खोजिरहेको प्रतिक्रिया दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित