तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं : तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरू आन्दोलित भइरहेका वेला सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ।
विभागले आइतबार विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगञ्जस्थित नेसलन मेडिकल कलेज र चितवनस्थित चितवन मेडिकल कलेजमा छापा मारेको हो।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालिसकेको छ। छानबिनका क्रममा मेडिकल कलेजहरूमा छापा मारिएको बताइएको छ।
सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिए पनि मेडिकल कलेजहरूले अटेर गरेपछि विद्यार्थीहरु निरन्तर आन्दोलित छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने