Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा चार निर्देशक सिफारिस

राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा चार निर्देशक सिफारिस

काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगका लागि चार निर्देशक सिफारिस भएका छन्। तीन सदस्यीय निर्देशक सिफारिस समितिले २६ आवेदकबाट चारजनाको नाम सिफारिस गरेको हो।

समितिले निर्देशकका लागि हाल प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका फिजिसियन तथा वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्मा, डा. रमेश आचार्य, डा. संघरत्न बज्राचार्य र डा. आरती शाहको नाम सिफारिस गरिएको स्राेतले जनाएकाे छ।

वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्मा मेडिकल काउन्सिलका पूर्वरजिष्ट्रार हुन्। डा. आचार्य शिक्षणमा कार्यरत छन् भने डा. शाह वीर अस्पतालका अंकोलोजिष्ट हुन्। यस्तै बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्ट छन्।

राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको नेतृत्वको सिफारिस समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका डा. अरुण सायमी र महाश्रम शर्मा सदस्य थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार