Health TV Online
Health TV Online
Health TV Online

बीपी क्यान्सर अस्पतालमा आजदेखि ‘ईएचएस’ सेवा

बीपी क्यान्सर अस्पतालमा आजदेखि ‘ईएचएस’ सेवा

चितवन : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले  ईएचएस’ सेवा शुरु गर्दैछ। आइतबार दिउँसो साढे दुई बजेपछि सेवा शुरु गर्ने अस्पतालले जनाएको छ।

बाहिर निजी अस्पतालमा महंंगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्न विस्तारित सेवा शुरु गर्न लागेको अस्पतालले जनाएको छ। अस्पतालबाट प्रदान गरिने सबै सेवालाई आजदेखि विस्तार गर्न लागिएको बताइएको छ।

उनले बिरामीको चाप बढ्दै गएको र साधारण समयमा उपचार नपाएर बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा प्रभावकारी हुने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार