बिरामीको संख्या दिन प्रतिदिन बढ्दाे, तर छैनन् चिकित्सक
कालिकोट : दिन प्रतिदिन बिरामीको संख्या बढे पनि जिल्ला अस्पतालमा कालिकोटमा चिकित्सक अभाव छ।
चिसो मौसम सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। चिसाे माैसम शुरू भएसँगै रुघाखोकी, ज्वरो, निमोनिया र टाइफाइडलगायत विभिन्न सरुवा रोगको संक्रमण बढेको अस्पतालले जनाएको छ।
दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। नाम लेखाउनकै लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे बिरामीहरू बताउँछन्।
अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा. भीष्म पोख्रेलले स्वीकार गरे। आवश्यक दरबन्दी पूरा गर्न प्रदेश सरकारसँग पटक पटक आग्रह गरे पनि माग सुनुवाइ नभएकाे उनको दाबी छ।
२९ जनाको दरबन्दी रहेकाे अस्पतालमा आठ जना डाक्टर हुनुपर्नेमा हाल एकजना मात्रै छन्। तीनजना विशेषज्ञ डाक्टरको दरबन्दी खाली छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण