डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु
डोटी : जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ।
सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरूमा सामान्य किसिमकाे एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो । आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएपछि बिरामीको रोगका बारेमा सहजै पत्ता लगाउन सकिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. भुषण मिश्रले बताए। अस्पतालमा आधुनिक डिजिटल एक्सरे मेसिनले सेवा दिन थालेपछि बिरामीको चाप पनि बढ्न थालेको छ।
अस्पतालमा डिजिटल एक्सरे मेसिन आएपछि अहिले स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए।
जिल्ला अस्पताल डोटीमा एकपछि अर्को सेवा थपिदै आए पनि अस्पतालमा सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा भने बिरामीलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ। चार जना मात्र सरकारी चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो रेफरल अस्पताल नभएकाले सरकारले तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा. गिरीश अवस्थीले बताए।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम