कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी मारमा
विराटनगर : जिल्ला कारागारमा मोरङमा लामो समयदेखि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी मारमा परेका छन्।
स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीलाई सामान्य समस्या आउँदा पनि अस्पताल लैजानुपर्ने बाध्यता छ। कारागारमा भएको अहेवको पद पनि डेढ वर्षदेखि रिक्त रहेको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । कैदीबन्दीहरूलाई सामान्य केही समस्या भयो भने अस्पताल दाैडाइहाल्नु पर्ने अवस्था रहेको उनकाे भनाइ छ।
अहेब अञ्जनीकुमार पोखरेलले २०७५ माघमा राजीनामा दिएपछि उक्त दरबन्दीमा हालसम्मस्वास्थ्यकर्मी नियुक्त गरिएको छैन। जिल्ला प्रशासन कार्यालय मोरङमा जानकारी गराए पनि सुनुवाइ नभएको निमित्त जेलर पोखरेलले बताए ।
क्षमताभन्दा बढी कैदीबन्दी कोचेर राखिएका कारण कारागारकाअधिकांश कैदीबन्दीमा श्वासप्रश्वास र छालाको देखिने गरेकाे छ । स्वास्थ्यकर्मीको अभावमा सामान्य समस्यामा अस्पताल दौडाइहाल्नुपर्ने अवस्था त छँदैछ, नियमित रूपमा औषधि खाइरहनुपर्ने अन्य बिरामीलाई दिनुपर्ने औषधि ल्याउन र ख्वाउन समेत समस्या छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण