भैरहवाकाे युनिभर्सल कलेजमा विद्यार्थीकाे रिले अनशन
काठमाडौं : तोकिएभन्दा बढी शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरूले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा रिले अनशन शुरु गरेका छन् ।
आफ्ना माग सम्बोधन गर्न प्रशासनले चासो नदेखाएको र वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरेको विद्यार्थीहरूले बताए।
कलेजको मूल गेट अगाडि ‘न्यायका लागि संघर्ष’ नारा लेखिएको ब्यानर टाँगेर विद्यार्थीहरू बिहान ६ बजेदेखि नै अनशन बसेका छन्। रिले अनसनमा एमबीबीएस, बीडीएस, नर्सिङ विषय अध्ययनरत विद्यार्थी छन् ।
विद्यार्थीहरूले चार दिनअघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन शाखा, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए। तालाबन्दी कायमै रहँदा कलेजले आन्दोलनलाई बेवास्ता गरेकाले रिले अनशनमा बसेकाे विद्यार्थीहरुको भनाइ छ ।
कलेजले आफूहरूसँग कम्तीमा १० लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको एमबीबीएस अध्ययनरत उनीहरूले बताएका छन्।
युनिभर्सल मेडिकल कलेजका विद्यार्थीहरूले कात्तिक १३ गते आन्दोलन शुरू गरेका हुन्। आन्दोलनका कारण दुई सातादेखि कलेजमा पठनपाठन ठप्प छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण