कंगाेमा इबोला संक्रमणविरुद्ध लड्न नयाँ खोप
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमणविरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ।
परोपकारी संस्था एमएसएफका अनुसार गोमा प्रान्तको राजधानी उत्तरी किभुमा बिहीबार बिहान १५ जनालाई नयाँ खोप दिएर खोप कार्यक्रम शुरुआत गरिएको छ। विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ।
परोपकारी संस्था सीमाविहीन चिकित्सक (डक्टर्स विदाउट बोर्डर्स) का अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ। यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एण्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो।
गत वर्ष नै शुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजार भन्दा बढीलाई खोप दिइएको छ, र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ।
कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो। त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो। राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरु युगाण्डा, रुवाण्डा र बुरुण्डीसँग सीमा जोडिएका छन् ।
पछिल्लो विवरण अनुसार याे रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १९३ जनाको ज्यान गइसकेको छ। कंगोमा इबोला फैलिएको यो दशौंँपटक हो। पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्याे वेला ११ हजार ३०० जनाको मृत्यु भएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित