चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीको उम्मेदवारी
काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीले उम्मेदवारी दिने भएका छन्।
वर्तमान कार्यसमितिमा महासचिव समेत रहेका डा. कार्कीलाई सो समूहबाट आधिकारिक रूपमा अध्यक्षमा उठाउने निर्णय गरिएको हो
संघको अध्यक्षका लागि प्रजातान्त्रिक समूहबाट डा. कार्कीसँगै डा. भूपेन्द्र बस्नेतको समेत दाबेदारी परेपछि उम्मेदवार छान्नका लागि संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो। बिहीबार बसेको उक्त समितिको बैठकले कार्कीलाई आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको हो।
संघको अध्यक्षकै लागि नेकपा निकट डा. पुष्पमणि खरालले उम्मेद्वारी घोषणा गरिसकेका छन्। संघको चुनाव आगामी माघमा हुँदैछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण