पोखरामा आँखादान गर्न ५० जनाले जनाए प्रतिबद्धता
कास्की : पोखरामा बुधबार बिहान आँखादान कार्यक्रम सञ्चालन हुने भएको छ।
मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले बताए।
आँखादान गरेर दृष्टिविहीनलाई संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए।
‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता जनाएका छन्।’
हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेकाे सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण