डा केसीको जीवन रक्षाको माग गर्दै, चिकित्सक संघले निकाल्यो विज्ञप्ति
काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा रहेका डा गोविन्द केसीको माग पुरा गर्दै उनको जीवन रक्षाको माग गरेको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै डा केसीको स्पास्थ्य खस्किंदै गएको भन्दै उनको जीवन रक्षाका लागि पनि छिटो वार्ता गरी समस्याको समाधानमा पहल गर्न माग गरेको हो।
विज्ञप्तिमा भनिएकाे छ ,’सरकारले डा केसी र संघसँग विगतमा गरेका सम्पूर्ण सम्झौता अक्षरस पालना गर्नुपर्ने उल्लेख गरेको छ ।
यसैगरी विज्ञप्तिमा ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पुर्याइ , सर्वसाधारण नागरिकको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहमा उत्रिएका डा केसीसँग गरेका माग पूरा गर्नु नेपाल सरकारको दायित्व भएको संघले ठहर गरेको छ।’ आज डा केसीको १७औं अनशनको ८ औं दिन हो ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण