सुत्केरीलाई घरदैलोमै स्वास्थ्य सेवा
पाल्पा : प्रदेश ५ मै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल पूर्वखोला गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने भएको छ।
पूर्ण संस्थागत सुत्केरी कार्यक्रमलाई निरन्तरता दिन सुत्केरी भएका वेला हुनसक्ने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरदैलो सुत्केरी सेवा दिने निर्णय गरेको हो। सुत्केरी भएको तीन वा सात दिनमा घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए।
आमा र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ। नर्सलाई दूरीको हिसाबले २०० देखि ५०० रुपैयाँसम्म यातायात खर्च दिने र सुुत्केरी अवलोकन गरी फाराम भरेर रिपोर्ट गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयमा बुझाउनुपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन ढकालले जानकारी दिए।
सुत्केरीले स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गरेमा एक क्यारेट अण्डा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई कात्तिक ७ गते प्रदेश ५ मै ‘पूर्ण संस्थागत सुत्केरी गाउँपालिका’ घोषणा गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण