शिक्षामन्त्री पाेखरेलले डा. केसीलाई भने, अहिले अनशनकाे वेला हाेइन
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै अहिले अनशनको बाटो ठीक नरहेको बताएका हुन्। ‘सिंगो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अघि बढिरहेको वेला डाक्टर सा’बले अनशनको बाटो लिने होइन’, उनले भने।
डा. केसीले उठाएका मुख्य मागहरू सम्बोधन भइरहेको मन्त्री पोखरेलले बताए। डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ छ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका केसी ७ दिनदेखि डडेल्धुरामा अनशनमा बसेका छन्। स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले दिनहुँ प्रदर्शन गरिरहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा