चितवन मेडिकल कलेजमा विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी
चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका छन्। अनावश्यक शुल्क फिर्ता गर्ने विषयमा विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म ताला नखाेल्ने जनाइएको छ।
विद्यार्थीहरूको लामाे आन्दोलनपछि गत असोज ४ गते प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।
कलेज प्रशासन र समितिबीच कात्तिक १८ गतेभित्र अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने भएको थियो। कलेजले भने शुल्क फिर्ता नगर्ने, समायोजन मात्रै गर्न सकिने प्रतिक्रिया दिएकाे छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा