चितवन मेडिकल कलेजमा विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी
चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका छन्। अनावश्यक शुल्क फिर्ता गर्ने विषयमा विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म ताला नखाेल्ने जनाइएको छ।
विद्यार्थीहरूको लामाे आन्दोलनपछि गत असोज ४ गते प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।
कलेज प्रशासन र समितिबीच कात्तिक १८ गतेभित्र अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने भएको थियो। कलेजले भने शुल्क फिर्ता नगर्ने, समायोजन मात्रै गर्न सकिने प्रतिक्रिया दिएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण