सुत्केरीलाई गाउँपालिका उपाध्यक्षको कोसेली : सेनेटेरी प्याडदेखि ज्वानाे र तेलसम्म
बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्ष्य गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।
गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए।
कार्यक्रमका लागि गाउँपालिकाले चार लाख २० हजार रकम विनियोजन गरेको छ। उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ काट्ने र सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।
उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनकाे भनाइ छ।
दोगडाकेदार गाउँपालिकाका वडा नं ४, ५ र ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा