नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी
काठमाडौं: नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए।
महासचिवमा दीपकराज भट्ट निर्वाचित भएका छन्। महासचिवमा भट्ट र शंकर कँडेल चुनावी मैदानमा थिए ।
यसैगरी महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले निरा निरौलालाई हराएकी हुन्। कोषाध्यक्षमा सुरेश पासवान विजयी भएका छन्। उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।
संघको निर्वाचनमा ५७५ मत खसेको थियो। देशभरबाट आएका मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने