पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि बेलायत जाने
केही समयदेखि बिरामी रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार बेलायत जाने भएका छन्। स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई लण्डन जाने अनुमति दिएको हो।
उनी यही नोभेम्बर २७ तारिखमा फर्किने तय भएको स्रोतले जनाएको छ। सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको उनका विशेष सहयोगी नइम उल हकले सञ्चारकर्मीलाई जानकारी दिए।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका ६९ वर्षीय सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको थियाे।
निवासमा पनि सरिफलाई अति विशिष्ट कक्ष (आईसीयू) को व्यवस्था गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण