पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि बेलायत जाने
केही समयदेखि बिरामी रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार बेलायत जाने भएका छन्। स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई लण्डन जाने अनुमति दिएको हो।
उनी यही नोभेम्बर २७ तारिखमा फर्किने तय भएको स्रोतले जनाएको छ। सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको उनका विशेष सहयोगी नइम उल हकले सञ्चारकर्मीलाई जानकारी दिए।
भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका ६९ वर्षीय सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको थियाे।
निवासमा पनि सरिफलाई अति विशिष्ट कक्ष (आईसीयू) को व्यवस्था गरिएको थियो।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो