Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीको समर्थनमा सरकारी सवारीसाधन ठप्प

डा. केसीको समर्थनमा सरकारी सवारीसाधन ठप्प

डडेलधुरा : चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको समर्थनमा आइतबार सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले बताए।

संघको नेतृत्वमा दिउसोदेखि अपराह्नसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ। डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम भइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि