डा. केसीको समर्थनमा सरकारी सवारीसाधन ठप्प
डडेलधुरा : चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको समर्थनमा आइतबार सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले बताए।
संघको नेतृत्वमा दिउसोदेखि अपराह्नसम्म सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ। डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम भइरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण