नेत्रज्योति संघमा प्रा. डा. पन्तको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं : नेपाल नेत्रज्योति संघमा प्रा. डा. चेतराज पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ। प्रा. डा. पन्त निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।
संघमा श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह पदेन उपाध्यक्ष निर्वाचित भएका छन्।
यस्तै १२ सदस्य र दुई महिला सदस्य पनि निर्विरोध चुनिएका छन्। यस्तै दुई मनोनित सदस्य पनि चुनिएका छन्।
संघको केन्द्रीय कार्यसमितिकाे निर्वाचन कात्तिक २३ गने भएको थियो। अध्यक्षकाे कार्यकाल दुई वर्षको हुनेछ । यस अघिका अध्यक्ष प्रा. तीर्थप्रसाद मिश्रले दुई कार्यकाल अर्थात ४ वर्ष पदमा रहेर काम गरेका थिए ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित