नेपाल स्वास्थ्यकर्मी संघको मतदान सम्पन्न, ५७५ मत खस्याे
काठमाडाैं : नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरूको संगठन नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व छनोटका लागि मतदान सम्पन्न भएको छ। आइतबार बिहान ८ बजे शुरु भएको मतदान साढे १२ बजे सम्पन्न भएको हो।
५७५ मत खसेकाे जानकारी दिइएकाे छ। मतपरिणाम आइतबार साँझसम्मा आउने बताइएको छ।
संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सहअध्यक्ष ओमप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन्। घिमिरेले दुई कार्यकाल काम गरिसकेका छन्।
उपाध्याय स्वच्छ छविका देखिएकाले उनको पक्षमा मत परिणाम आउने अनुमान धेरैले गरेका छन्। तर विवादमा आए पनि घिमिरे पनि बलिया उम्मेदवार भएको बताइन्छ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दीपक मुडभरी रामचन्द्र साह र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्वारी परेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित