नेपाल स्वास्थ्यकर्मी संघको मतदान सम्पन्न, ५७५ मत खस्याे
काठमाडाैं : नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरूको संगठन नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व छनोटका लागि मतदान सम्पन्न भएको छ। आइतबार बिहान ८ बजे शुरु भएको मतदान साढे १२ बजे सम्पन्न भएको हो।
५७५ मत खसेकाे जानकारी दिइएकाे छ। मतपरिणाम आइतबार साँझसम्मा आउने बताइएको छ।
संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सहअध्यक्ष ओमप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन्। घिमिरेले दुई कार्यकाल काम गरिसकेका छन्।
उपाध्याय स्वच्छ छविका देखिएकाले उनको पक्षमा मत परिणाम आउने अनुमान धेरैले गरेका छन्। तर विवादमा आए पनि घिमिरे पनि बलिया उम्मेदवार भएको बताइन्छ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दीपक मुडभरी रामचन्द्र साह र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्वारी परेको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो